काठमाडौं , अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. महतले अहिलेको ठूलो चुनौती आर्थिक रुपान्तरण रहेको बताएका छन। उनले ११०औं बिपी जन्मजयन्तीका अवसरमा विपी चिन्तन प्रतिष्ठानद्दारा आज काठमाडौंमा आयोजित नेपालमा आर्थिक क्रान्तिका आधारहरु विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै उक्त कुरा बताएका हुन।
अर्थमन्त्री महतले २०४६ साल पछि राजनितिक अस्थिरता तथा द्वन्द्व आदि कारणले अपेक्षित रुपमा सफल हुन नसके पनि केहि नभएको भन्ने नकारात्मक धारणा बनाउनुपर्ने अवस्था नरहेको बताए।उनले विद्धुत, शिक्षा,उद्धोग व्यवसायमा भएका प्रगतिहरुको उदाहरण दिए।
प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईको सभापतित्वमा सम्पन्न गोष्ठीका प्रमुख अतिथि अर्थमन्त्री महत, विशिष्ट अतिथी दिलेन्द्र प्रसाद बडु रहेका थिए।
उक्त गोष्ठीमा गण्डकी योजना आयोगका पुर्व अध्यक्ष रघुराज कआफ्लेले कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा पुर्व मन्त्री बडु, योजना आयोगका पुर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेल, संविधानसभा सदस्य शोभाकर पराजुली आदिले विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तनबारे गहन मन्तव्य प्रस्तुत गर्दै आर्थिक क्रान्तिकाइभिन्न आधारहरुमाथी प्रकाश पारेका थिए।कार्यक्रमका सबै वक्ताहरुले नकारात्मक सोच हटाई सकारात्मकता तर्फ ध्यान दिनु पर्ने बताएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य पुष्प पराजुलीले गरेका थिए ।