पाँच वर्षसम्म यही गठबन्धन’: प्रधानमन्त्री दाहाल

 प्रधानमन्त्री     २५ भाद्र २०८०, सोमबार १६:५८     43 जनाले पढ़िसके



Spread the love

विराटनगर– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच वर्षसम्म यही गठबन्धन चल्ने बताएका छन् ।

सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन टिक्ने कुरामा ढुक्क हुन आग्रह गरे । ‘पाँच वर्ष यही गठबन्धन चल्छ, ढुक्क हुनुहोस्,’ प्रचण्डले भने । यसबाहेक उनले कुनै प्रतिक्रिया दिएनन् ।

प्रधानमन्त्री कोशी प्रदेशको राजधानी विराटनगरमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभामा सहभागी हुन विराटनगर आएका हुन् ।

सभालाई मोर्चाका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।