नेपालमा एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहन्छौं – अमेरिकी सिनेटर होलेन

 एमसिसि     १७ भाद्र २०८०, आईतवार १६:५६     40 जनाले पढ़िसके



Spread the love

​अमेरिकी सिनेटको वैदेशिक मामिला कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालमा एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहेको बताएका छन् ।

सभामुख देवराज घिमिरेसँग आइतवार भएको भेटवार्तामा सिनेटर होलेनले एमसीसीबाट नेपालले फाइदा लिन सक्ने भन्दै कार्यान्वयनमा जोड दिएका हुन् ।

‘एमसीसी दुई देशबीचको सम्बन्ध र सहकार्यको उदाहरण हो,’ सभामुखसँगको भेटमा उनले भने ‘हामी एमसीसी अन्तर्गतका परियोजना सफल भएको हेर्न चाहन्छौं ।’ नेपालमा एमसीसी कार्यान्वयन शुरु भएलगत्तै आफ्नो भ्रमण भएको बताउँदै होलेनले एमसीसीबाट नेपालले फाइदा लिने विश्वास व्यक्त गरे ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।