मुटुमा समस्या आएपछि पुर्व युवराज पारस शाह अस्पताल भर्ना

 संवाददाता    १५ भाद्र २०८०, शुक्रबार २१:०६     42 जनाले पढ़िसके



Spread the love

पूर्वयुवराज पारस शाह अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। उनलाई काठमाडौँको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

मुटुसम्बन्धी समस्याका कारण उनलाई अस्पतालमा भर्ना गरिएको पनि पारिवारिक स्रोतले बताएको छ।

उनलाई अस्पतालमा भेट्न शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह पनि अस्पताल पुगेका छन्।

अस्पताल स्रोतका अनुसार पारसको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। उनलाई शनिबार नै डिस्चार्ज गरिने जानकारी पनि अस्पताल स्रोतले दिएको छ।