सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा विश्व हिन्दु महासंघको जोड

 संवाददाता    १२ भाद्र २०८०, मंगलवार २०:०६     29 जनाले पढ़िसके



Spread the love

काठमाडौं , विश्व हिन्दु महासंघले आज काठमाडौंमा आयोजना गरेको प्रवचन गोष्ठी कार्यक्रममा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता राख्न जोड दिएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं राप्रपाका पुर्व अध्यक्ष पशुपतिशमशेर जबरा थिए भने विशेष वक्ता संस्कृतिविद डा. जगमान गुरुङ्ग  रहेका थिए। महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भन्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा हिन्दु,जैन,बौद्धधर्मगुरुहरुले प्रवचन दिए । धरानको घटनालाई केन्द्रमा राखेर सबै धर्मगुरुहरुले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न अपिल गरे। यस्तै डा. जगमान गुरुङलाई महासंघको सल्लाहकार घोषणा गर्दै ‘नेपाल ऋषि’ को उपाधिबाट सम्मान गरियो।

समाजसेवी शोभित उप्रेतीको सक्रियतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्द्धन संघले डा.गुरुङलाई नेपाल ऋषिको उपाधि प्रदान गरेको हो ।

सम्मान ग्रहण गर्दै डा. गुरुङले ७७ वर्षपछि पुनः न्वारान गरिदिएको भन्दै महासंघप्रति आभार प्रकट गरे । आगामी जीवन सामाजिक कल्याणमा लाग्ने उनले बताएका छन् ।