कांग्रेसले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार (सूची)

 काँग्रेस     २०८०, १० भाद्र आईतवार १०:२१     96 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको नाम टुंगो लगाइको छ । संसदीय समितिको नेतृत्वका लागि आज हुने मनोनयनको लागि कांग्रेले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेको नाममा सहमति भएको छ । लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदैछ । समितिको नेतृत्व चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।