त्रिशुलीमा यात्रुवाहक बस खस्यो ८ जनाको मृत्यु

 #दुर्घटना     ६ भाद्र २०८०, बुधबार १३:१२     37 जनाले पढ़िसके



Spread the love

धादिङ- यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।

काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११: १० बजे दुर्घटनामा परेको हो ।

 

हालसम्म प्रहरीले ८ वटा शव संकलन गरिसकेको छ । २ महिला र ६ पुरुष गरी ८ जनाको शव फेला परेको छ  भने प्रहरीले  उद्धार कार्य पनि गरिरहेको छ । हालसम्म १६ जनाको उद्दार गरिएको छ।