मुग्लिन पुलमा झुन्डिएका एक युवाको सकुशल उद्दार

 संवाददाता    २ भाद्र २०८०, शनिबार १७:४३     49 जनाले पढ़िसके



Spread the love

काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका- ६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए ।

खबर पाएपछि पुगेको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको हो ।

परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनी पुलमा झुण्डिनुको कारण भने नखुलेको सशस्त्र प्रहरी बलले जनाएको छ ।