संसदलाई बन्धक बनाएर एमालेले अलोकतान्त्रिक चरित्र देखायो: अर्थमन्त्री

 काँग्रेस     ३२ श्रावण २०८०, बिहीबार १२:११     52 जनाले पढ़िसके



Spread the love

अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदलाई बन्धक बनाएर प्रमुख प्रतिपक्षी दल एमालेले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन धनुषाले बिहिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले  सदनलाई बन्धक बनाएर एमालेले लोकतान्त्रिक व्यवस्थाको खिल्ली उठाएको बताएका हुन् ।

उनले एमालेले अन्य पार्टी सत्तामा गएको देख्न नचाहेको बताए । ‘संसद ऐन, कानुन बनाउने थलो हो । धेरै कानुन बनाउनुपर्ने हुन्छ । त्यसमा सहयोग गर्नुको सट्टा एमालेले सदनलाई बिना औचित्य अवरोध गरिरहेको छ,’ अर्थमन्त्री महतले भने ।