आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्‍यो : के.पी. ओली

 एमाले     ३१ श्रावण २०८०, बुधबार २१:०३     41 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग नबनाएर सरकारले १ क्विन्टल सुन ६० किलोमा झारेको आरोप लगाएका छन् ।

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले गरेको कार्यक्रममा ओलीले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको आरोप लगाए ।

‘सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु हो,’ ओलीले भने ।

निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको अर्को आरोप पनि उनले लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सुन तस्करीको अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको ओलीले बताए ।

प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय मागेको आरोप ओलीले लगाए ।
बरामद सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।