प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले जबरजस्ती संसद् अवरुद्ध गरिरहेको भन्दै उसैले खुलाउनु पर्ने दाबी गरेका छन् । बुधवार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर निस्किने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सत्ता पक्षले संसद् अवरुद्ध गरिरहेको दाबी गरेका हुन् ।
राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराए ।
राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्मा रहेका सबै दलहरूलाई विश्वासको वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव समेत दिए ।
त्यस क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।