मुगु । मुगुमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सोरु गाउँपालिकामा–७ सिप पहिरोमा भएको उक्त जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको हाे ।
यसरी ज्यान गुमाउनेमा सोरु गाउँपालिका–५ का लोकजन नेपाली सहित हुम्ला सर्केगार्डका राम परियार, प्रकाश बोहोरा र पियुस परियारलगायत रहेकाे प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सीप पहिरो नजिक मंगलबार ग १ ज ७७६२ नम्बरको जिप दुर्घटना भएको हो थियो । मंगलबार बिहान सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको जीप सडकबाट २ सय मिटर तल खसेको थियो ।
उक्त जीप दुर्घटनामा परी ४ जना सख्त घाइते भएका छन् । उनीहरुको हाल जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको प्रहरीले जनाएकाे छ । उनीहरूलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने अवस्था देखिएको बताइएकाे छ ।