ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

 सुन काण्ड     २०८०, २९ श्रावण सोमबार २०:४३     135 जनाले पढ़िसके



Spread the love

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका अनुसार ब्रेक शु भित्रको सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो।

सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक शुमा ल्याएको सुन पगालेर तौल गरिएको हो।

सुन प्रकरणको अनुसन्धान राजश्व अनुसन्धान विभागले थप छानबिनको लागि सीआईबीलाई जिम्मा लगाएको थियो। अहिले सीआईबीले यो प्रकरणको अनुसन्धान गरिरहेको छ