उच्चस्तरीय समितिको माग सुन प्रकरणको छानबिनलाई अवरोध गर्ने प्रयास रहेको गठबन्धनको निष्कर्ष

 गठबन्धन     २०८०, २९ श्रावण सोमबार २०:०१     104 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठकले, सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग छानबिन प्रक्रियालाई अबरोध गर्ने प्रयास स्वरुप आएको निष्कर्ष निकालेको छ ।

बालुवाटारमा बसेको, गठबन्धन दलको बैठकपछि एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ‘वास्तवमा भन्ने हो यस्तो अवस्थामा उच्च स्तरीय आयोग माग्नु भनेको चाँहि यो भइरहेको छानबिनलाई अवरोध गर्नु हो र यो केसलाई डेल्युट गर्नु हो भन्ने खालको हामी सबैको छलफल रह्यो ।’

त्यस्तै बैठकमा प्रतिपक्षको मागबारे गम्भीर छलफल भएको उनले बताए । ललिता निवास प्रकरणमा अदालतले दिएको आदेश त्यसैगरी, गौर हत्याकाण्डको अनुसन्धानको विषयमा पनि छलफल भएको उनले जानकारी दिए । फोटो : फाइल