जलवायु परिवर्तनले निम्त्याएको असरप्रति प्रधानमन्त्री चिन्तित

 प्रधानमन्त्री     २७ श्रावण २०८०, शनिबार १५:२७     40 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरप्रति चिन्ता व्यक्त गरेका छन ।

शनिवार काठमाण्डाैमा भएको २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्न र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक रहेको बताए ।

उनले अत्याधिक गर्मी, अति वर्षा, सुक्खा र चक्रवातको परिणाम विश्वभर नै देखिन थालेको भन्दै दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बनडाइअक्साइड, मिथेन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको बताउनु भयो ।

उनले बाढी पहिरो र मानवीय त्रुटीको करण हुने दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्न र कार्बनडाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक छ । अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवात जस्ताको परिणाम विश्वभर नै देखिन थालेको यस परिस्थितिमा हामीले हाम्रा दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बनडाइअक्साइड, मिथेन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी छ ।’

प्रधानमन्त्री दाहालले युवाहरुमा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालित गर्दै समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताए ।