राष्ट्रिय योजना आयोगद्दारा १६औं योजना अवधारणापत्र सार्वजनिक, पोडवे निर्माण र संचालनमा सहज हुने

 पोडवे     २४ श्रावण २०८०, बुधबार २१:३०     129 जनाले पढ़िसके



Spread the love
राष्ट्रिय योजना आयोगले आफ्नो १५ योजनाको समीक्षा गर्दै १६ औं योजना अवधारणापत्र सार्वजनिक गरेको छ। १४ बुँदामा ल्याएको उक्त १६ औंअवधारणा पत्रमा उल्लेख भए अनुसार २०८० माघ मसान्तसम्म १६ औं योजना (२०८१/८१-२०८५/८६)  तयार गर्ने तालिकामा उल्लेख छ।
उक्त अवधारणा पत्रले आफुहरुले नेपालमा सार्वजनिक यातायातको रुपमा निर्माण गर्न लागेको पोडवेलाई पनि  समेट्ने काठमाडौं पोडवेका उपाध्यक्ष निल भट्टराईले बताए।
उनका अनुसार उक्त अवधारणापत्रको प्रारम्भिक विषयसुचीको  बुंदा नं  ६  ले गुणस्तरीय एवं एकीकृत यातायात व्यवस्था प्रणाली अवलम्बन गर्ने लक्ष्य लिएको छ जसअनुरुप पोडवे गुणस्तरीय एवं आधुनिक साथै सार्वजनिक यातायातको रुपमा संचालन गर्दा योजना आयोगको योजना अनुरुप आवश्यक मापदण्ड र लक्ष्य पूरा हुने काठमाडौं पोडवेको दाबी छ।
उनका अनुसार नितिगत समस्याले गर्दा आफुहरुको अध्ययन र निर्माणको काम ढिला भइरहेको उनले बताए।
अब नितिगत अड्चन हटे पस्चात देशभरका विभिन्न स्थान लुम्बिनी परिसरमा लगभग ६ कि.मि. नै पुर्व साम्भाव्यता अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने क्रममा रहेको छ भने कोशी प्रदेशमा रानी भन्सार देखि बिराटनगर, इटहरी,धरान हुँदै भेडेटार  सम्म  र चतरादेखि छिन्ताङ्ग भगवती सम्म निर्माणका लागी कोशी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश लगानी प्राधिकरणमा निर्माणका लागि प्रस्ताव पेश गरिसकिएको छ भने काठमाडौं उपत्यकाको जाम हटाउनका लागि १०० किमि उपत्यका भित्र निर्माणका लागि बिभिन्न चरणमा सरोकारवाला निकायहरु भौतिक योजना मन्त्रालय, शहरी विकास मन्त्रालय, काठमाडौं उपत्यका विकास प्राधिकरण , अधिकार सम्पन्न  बागमती सभ्यता एकीकृत विकास समिती र उपत्यका वरपरका सम्पुर्ण नगरपालिकाका प्रतिनिधिहरुसंग छलफल तथा गोष्ठी  सम्पन्न भइसकेको छ । त्यस्तै कर्णाली प्रदेश सरकारसँग समन्वय गरि यसै आर्थिक वर्ष भित्र प्रथम चरणमा ५० कि.मि. रुकुम चौरजहारी देखि जगतिपुर कुसे हुँदै टोप्ला जुम्ला सम्मको विस्तृत परियोजना प्रतिवेदन तयार गरि निर्माणको चरणमा जाने तयारी भैरहेको छ भने कुल ३०० कि.मि. अध्ययन गर्ने सम्झौता हुंदैछ । यस्तै कालिकोट सदरमुकाम मान्म देखि कोटवाडा सम्म केबलकार निर्माण अध्ययन रद्द गरि हाम्रै प्रविधिको पोडवेको सम्भाव्यता अध्ययन गरि यथासिघ्र निर्माण गर्ने सहमति भएको उनले बताए।