सुन प्रकरणमा माओवादी वा अन्य कुनै दलको नेता हुँदैमा कोही उम्कन्नः गृहमन्त्री श्रेष्ठ

 नेकपा माओवादी     २३ श्रावण २०८०, मंगलवार १९:०६     38 जनाले पढ़िसके



Spread the love
काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका माओवादी वा अन्य कुनै पार्टीमा संलग्न हुँदैमा तथ्य र प्रमाण भेटिएमा नबच्ने बताएका छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले भने, ‘तथ्य प्रमाणले दोषी देखाएमा माओवादी वा कुनै पार्टीमा संलग्न हुँदैमा छुट्दैन। नेपाल सरकारको गृहमन्त्रीका हैसियतले जनप्रतिनिधिको थलो संसद्मा बोल्दैछु।’
नक्कली भुटानी शरणाथी प्रकरणमा सरकारले अध्ययन, अनुसन्धान र तथ्य प्रमाणले जहाँसम्म जानुपर्छ जाने, निष्पक्ष ढंगले कानुनी प्रक्रिया अगाडि बढाउन सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको गृहमन्त्री श्रेष्ठले बताए।
‘कसैलाई लागेको आधारमा होइन, तथ्य र प्रमाणका आधारमा काम गर्न सुरक्षा निकायलाई सरकारले निर्देशन दिएको छ,’ गृहमन्त्री श्रेष्ठले भने।