एमालेले गृहमन्त्रीलाई संसदमा बोल्न दिने, माग पूरा नगरे फेरि अवरोध तयारी

 #प्रतिनिधी सभा वैठक     २०८०, २३ श्रावण मंगलवार १४:२०     92 जनाले पढ़िसके



Spread the love
काठमाडौँ । संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्री र सभामुखसहित बसेको बैठक बिना सहमति सकिएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा संसद सुचारु गर्न छलफलमा जुटेका थिए ।
सो बैठकमा एमालेको मागप्रति सरकारले सहमति नजानाएपछि एमालेले आज दिउँसो ३ बजे बोलाइएको बैठक सुरुमा चल्न दिने, गृहमन्त्रीलाई पनि बोल्न दिने तर माग पूरा नगरेमा पुनः अवरोध गर्ने भएको छ । फोटो : फाइल