भारी वर्षाले डुबानमा काठमाडौंका यी ठाँउ, उद्धार र सचेतनाका लागि प्रहरी परिचालित

 बाढी पहिरो     २३ श्रावण २०८०, मंगलवार ११:२८     59 जनाले पढ़िसके



Spread the love
काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा गए रातिदेखि नै अविरल वर्षा भइरहेको छ । वर्षासँगैको बाढीपहिरोले ठाउँ ठाउँमा क्षति गरेको छ । दर्जनौं राजमार्ग अवरुद्ध भएका छन् । कतिपय सडक एकतर्फी चलिरहेका छन् ।
काठमाडौंमा रातिदेखि परेको भारी वर्षाले ठाउँ ठाउँमा डुबान भएको छ । भारी वर्षाका कारण काठमाडौंका गौरीघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगर, ढुङ्गेधारा, बल्खुक्षेत्रलगायत क्षेत्र डुबानमा परेका छन् ।
सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण यहाँका विभिन्न क्षेत्र जलमग्न भएका छन् । ​भारी वर्षाका कारण सडक, घर, विद्यालय क्षेत्र जलमग्न भएको  प्रहरीले जनाएको छ ।
डुबानले जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाब अति बढेको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह खतरा तह पार गरेको छ ।
बल्खुको तरकारी बजार, टेकु पुल आसापास पनि डुबानमा परेको छ ।
बागमतीको पानी किनार आसपासका सुकुम्बासी बस्तीमा पसेको छ । थापाथलीस्थित किनारका बस्तीमा पानी पसेको हो ।