मकवानपुर पहिरो अपडेट : १ को मृत्यु ६ बेपत्ता

 बाढी पहिरो     २३ श्रावण २०८०, मंगलवार १०:३८     54 जनाले पढ़िसके



Spread the love
मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका–५, सिग्रेमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ । तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वाग्मती–५, सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले पुरिएको हो । पहिरोमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।
अक्कलबहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुलीको हरिहरपुरका १६ वर्षीया पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।