मकवानपुरमा पहिरोले घर बगाउँदा पाँचजना बेपत्ता

 बाढी पहिरो     २३ श्रावण २०८०, मंगलवार ०९:३०     47 जनाले पढ़िसके



Spread the love
मकवानपुर– मकवानपुरमा पहिरोले घर पुरिँदा पाँचजना बेपत्ता भएका छन । मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका हुुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भोर्लेनीमा धारापानी स्याङ्तानको घर पहिरोसँगै बग्दा पाँच जना बेपत्ता भएका हुन् । बेपत्ताको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।
सो पहिरोमा परेका एकजनाको उद्धार गरिए पनि घरमा सुतिरहेको अवस्थामा पहिरो जाँदा स्याङ्तानसहित, उनकी पत्नी, छोरी, ज्वाइँ र दुई जना बालबालिका बेपत्ता छन् । फोटो : सांकेतिक