राष्ट्रपति पौडेलद्वारा चार राजदूत नियुक्त

 राष्ट्रपति     २२ श्रावण २०८०, सोमबार २१:३०     54 जनाले पढ़िसके



Spread the love
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार संयुक्त राष्ट्र सङ्घका लागि नियोग, न्युयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदमा लोकबहादुर थापा नियुक्त भएका छन् ।
स्रोत का अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले थापासहित राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि, राजदूत विष्णु पुकार श्रेष्ठलाई कोरिया र ब्राजिलका लागि र राजदूत निर्मलराज काफ्लेलाई पाराग्वेका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम राजदूत नियुक्त गरेका हुन् ।