ललिता निवास प्रकरणमा चार जना पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी
ललिता निवास २०८०, २२ श्रावण सोमबार १०:५४ 130 जनाले पढ़िसके
Spread the love
काठमाडौं- ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको बनाएको घटनामा अनुसन्धानका लागि चार जना पूर्वमन्त्री विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले उनीहरु विरुद्ध पुर्जी जारी गरेको हो।
आइतबार पूर्व उपप्रधानमन्त्री तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशी, पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र पूर्व राज्यमन्त्री सञ्जयकुमार शाहविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए।
अदाललते पुर्जी जारी गरेपछि उक्त मुद्दामा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई पक्राउ गर्ने बाटो खुलेको छ।