कस्तो रहला आज दिनभरको मौसम ? हेर्नुहोस

 #आजको मौसम     २२ श्रावण २०८०, सोमबार ०७:४३     62 जनाले पढ़िसके



Spread the love
काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान साथै मा मधेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थान मा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।