काठमाडौंमै पहिरो खस्दा दुई जनाकाे मृत्यु

 बाढी पहिरो     २१ श्रावण २०८०, आईतवार १२:२८     52 जनाले पढ़िसके



Spread the love
काठमाडौं। काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।
प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका-५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।
उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ। सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन्। उनको प्राथमिक उपचार गरिएको छ।