सुन प्रकरणको अनुसन्धानको जिम्मा सिआइबीलाई

 #अपराध     २० श्रावण २०८०, शनिबार ११:०२     50 जनाले पढ़िसके



Spread the love
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पक्राउ परेको १ क्विन्टल सुनको अनुसन्धान अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएको छ । हालसम्म राजस्व अनुसन्धान विभागले मात्र उक्त प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।
हिजो प्रधानमन्त्रीसँग गृहमन्त्री र नेपाल प्रहरीका आईजीपीसँग छलफल गरेपछि सरकार उक्त अनुसन्धानको बाँकी काम सीआईबीलाई जिम्मा लगाउने निष्कर्षमा पुगेको हो । सुन तस्करीको ‘सङ्गठित जालो’ बारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले सिआईबीलाई लेखेर पठाउनुपर्छ ।
सम्भवत: आइतबार बिभागले हालसम्म भएका अनुसन्धानको फाइल र पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धानले सीआईबीको जिम्मा लगाउनेछ । सो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् । अनुसन्धान पूरा भएपछि राजस्व अनुसन्धान विभागले राजस्व छली र सीआईबीले संगठित अपराधमा मुद्दा चलाउने छन् ।