सुन तस्करी प्रकरणको अनुसन्धानका लागि शक्तिशाली जाँचबुझ आयोग आवश्यकः रवि लामिछाने

 रास्ट्रीय स्वतन्त्र पार्टी     १९ श्रावण २०८०, शुक्रबार १८:४३     88 जनाले पढ़िसके



Spread the love
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा शक्तिशाली जाँचबुझ आयोग गठन गर्न आवश्यक देखिएको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानले सुन प्रकरणमा जाँचबुझ आयोग ऐन अनुसार शक्तिशाली आयोग बनाउन आवश्यक देखिएको बताएका हुन्। उनले सुन प्रकरणमा संगठीत अपराध,अन्तरदेशीय अपराध समेत देखिएकाले पनि शक्तिशाली आयोग गठन गर्नुपर्ने जिकिर गरे । सुन प्रकरणजस्तो ठूलो अपराधमा राज्य व्यवस्था समितिले नजरअन्दाज गर्दा प्रमाण लुक्ने, संदिग्ध भाग्ने सम्भावना दिएको हो की भन्ने आशंका पैदा भएको उनले बताए।
साउन ३ गते विमानस्थलबाट भन्सार चेकजाँच पास भइ बाहिरिएको एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। सो सुनको अनुसन्धान हाल राजश्व अनुसन्धान विभागले गरिरहेको भएपनि थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ।
सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्। फोटो : फाइल