माओवादी केन्द्रको केन्द्रिय समिती बैठक जारी, प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

 #माओवादी     १९ श्रावण २०८०, शुक्रबार १०:४७     48 जनाले पढ़िसके



Spread the love
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।
बैठक आज बिहान ११ : ०० बजे बस्ने तय भएको छ ।
बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,उपाध्यक्ष कृष्णबहादुर महरासहित ५६ केन्द्रीय सदस्यले सो प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका थिए।
बैठकमा माओवादी नेताहरूले पार्टीलाई शुद्धीकरण गर्न नेता र उनका परिवार तथा आफन्तजनको सम्पत्ति छानबिन गर्न माग गरेका छन्। २०६४ यता विभिन्न पदमा पुगेका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनीहरूको माग छ।
बैठकमा पूर्ण र वैकल्पिक केन्द्रीय सदस्य,अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्यलगायतको सहभागिता रहेको छ । बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय दिइएको छ।
हालसम्म ७४ सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन्।