कोशी प्रदेशसभाका सभामुख गौतमले दिए राजीनामा

 कोशी प्रदेश     १६ श्रावण २०८०, मंगलवार १५:१६     122 जनाले पढ़िसके



Spread the love
काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।
कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई अवैधानिक भनेर सर्वाेच्च अदालतले आदेश दिएपछि विवादमा परेका उनले पदबाट राजीनामा दिएका हुन् ।
एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख परशुराम खापुङ्गले आह्वान गरे ।
सो क्रममा कांग्रेसका थापालाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दा सभामुख गौतमले हस्ताक्षर गरे । सोविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वाेच्च अदालत पुगेका थिए ।
उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकार बनाउन सभामुखको हस्तक्षरलाई वैधता नदिएपछि थापाको सरकार नै ढलेका थियो ।