प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता
प्रधानमन्त्री २०८०, १५ श्रावण सोमबार १०:५२ 122 जनाले पढ़िसके
Spread the love
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली केहीबेर अघि बालुवाटार पुगेका छन्। संवैधानिक परिषद बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीचको छलफललाई अर्थपूर्णरुपमा लिइएको छ। उनीहरूबीच अहिले बालुवाटारमा छलफल जारी छ।
उनीहरूबीच आइतबार पनि एक्ला एक्लै भेटवार्ता भएको थियो। त्यसपछि प्रधानन्यायाधीशको नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरेका थिए।
प्रधानमन्त्री दाहालले मंगलबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन्। फोटो : फाइल