एमालेको अवरोधपछि आजको संसद बैठक स्थगित, अब सोमबार बस्ने

 एमाले     १० श्रावण २०८०, बुधबार १७:५९     88 जनाले पढ़िसके



Spread the love

काठमाडौं ।

प्रमुख प्रतिपक्षी एमालेको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ गर्नुपर्ने, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुख देवराज घिमिरेले १५ साउन सोमबार  दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् ।