नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने : शशांक कोइराला

 काँग्रेस     ९ श्रावण २०८०, मंगलवार १७:०१     72 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस एक भएको अवस्थामा ठूलो परिवर्तन आउने भन्दै आजको आवश्यकता एकतावद्ध कांग्रेस रहेको बताए ।

उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको बताए ।

उनले भने, ‘पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकतावद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । ५ दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो । आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ । नेपाली काँग्रेसको विकल्प अरु छैनन् नेपाली काँग्रेस नै हो । भविष्य नेपाली काँग्रेससँग छ । हामी एक भयौँ भने नेपाली काँग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।’

नेता कोइरालाले नेपाली कांग्रेस एक हुन सके कसैले हराउन नसक्ने बताए ।