एकसाताको भ्रमणपछि ओली स्वदेश फिर्ता

 एमाले     ९ श्रावण २०८०, मंगलवार ०६:४८     144 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन् । कम्बोडियाको एकसाता लामो भ्रमणपछि ओली सोमबार राति स्वदेश फर्किएका हुन् ।

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले स्वागत गरेका थिए । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू थिए ।

निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका ओलीले श्रीलंकाका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग भेटवार्ता गरेका थिए ।

कम्बोडिया बसाइका क्रममा उनले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग पनि भेट गरेका थिए ।