डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयद्वारा गृह मन्त्रालयलाई सिफारिस

 #अपराध     ८ श्रावण २०८०, सोमबार १५:५६     69 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका पूर्वप्रहरी नायव उपरीक्षक डीएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।

आन्तरिक छानबिनमा डीएसपी केसीले गम्भीर आचरण उल्लंघन गरेको पाइएपछि उनलाई बर्खास्त गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

बुटवलस्थित डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, साढे ८ लाख रुपैयाँ नगद लगायत बरामद गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न सिफारिस गरेपनि यसबारे गृह मन्त्रालयले कुनै निर्णय गरिसकेको छैन ।