चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा

 संवाददाता    ८ श्रावण २०८०, सोमबार ०८:१४     60 जनाले पढ़िसके



Spread the love

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युन नेपाल आउका छन । तीनदिने नेपाल भ्रमणका लागि उनी आइतबार काठमाडौं आइपुगेका हुन । सिपिसीको उच्चस्तरीय टोलीलाई त्रिभुवन विमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतले स्वागत गरेका थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्रसमेत रहनुभएका उनले नेपालमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने छन। नेपाल भ्रमणमा आएका युआन सीपीसीका २४ जना केन्द्रीय पोलिटब्युरो सदस्यमध्ये एक हुनु । गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि चीनबाट भएको यो उच्चस्तरको भ्रमण हो ।

च्युन नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा रहेको टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ । च्युन नेतृत्वको टोलीले राष्ट्रपतिको कार्यालयमा शीतलनिवासमा शिष्टाचार भेटवार्ता गरेको हो । भेटमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘भेटका अवसरमा राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यसप्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रही आएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उहाँले आइतबार नै कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन । सिपिसीका नेता युआनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग पनि भेट्ने कार्यक्रम छ । च्युनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आइपुगेका हुन ।