सुन तस्करी सेटिङबिना सम्भव छैन: रवि लामिछाने

 रास्ट्रीय स्वतन्त्र पार्टी     २०८०, ६ श्रावण शनिबार ११:१३     118 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन्। विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेटिङ नभएसम्म विमानस्थलबाट सुन वा अरु कुनै पनि सामग्री तस्करी सम्भव नरहेको दाबी गरे।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने, ‘सेटिङबिना यति ठूलो परिमाणको सुन तस्करी सम्भव छैन। यो सेटिङमा भएको हो। तर, कुन तहसम्मको सेटिङ छ भन्ने मात्रै हो। यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ।’

सर्वसाधारणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौं किलो सुन नभेट्ने भन्ने नहुने उनको तर्क छ।