विमानस्थलबाट फुत्किसकेको ८० किलोभन्दा बढी सुन राजश्व अनुसन्धान विभागद्वारा सिनामंगल सडकबाट बरामद तीन जना पक्राउ

 #अपराध     २०८०, ४ श्रावण बिहीबार ०६:१७     100 जनाले पढ़िसके



Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज साँझ राजस्व अनुसन्धान विभागले गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद भएको छ।

विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको सुन बरामद भएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ।

अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले सुन नियन्त्रणमा लिएको हो। राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए।

उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ। विमानस्थलबाट पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजाने क्रममा बरामद भएको थियो।

सुन हङकङबाट आएको जहाजमा आएको खुलेको छ। यस विषयमा थप अनुसन्धान जारी रहेको उनले जनाए।