कांग्रेस केन्द्रीय समिति बैठक आजको लागि सकियो, भोलि बिहान ११ बजे बस्ने

 काँग्रेस     २०८०, २ श्रावण मंगलवार १७:२७     83 जनाले पढ़िसके



Spread the love

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा महामन्त्री गगन थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । उनले भदौ १५ भित्र सबै विभागहरुको गठनलाई पूर्णता दिने, २२ वटा विभागहरु थप गर्नेलगायतका प्रस्ताव गरेका थिए ।

एक वर्षपछि बोलाइएको केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएकाे थियाे ।

बैठक भोलि बिहान ११ बजे बस्ने छ ।