काठमाडौं । जिल्ला अदालत काठमाडौंले ललितानिवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित १७ जनालाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अनिुमति दिएको हो ।