चन्द्रगढी उडेको बुद्ध एयरको जहाजमा समस्या, काठमाडौं फर्काएर सकुशल अवतरण

 संवाददाता    २९ असार २०८०, शुक्रबार १५:३७     48 जनाले पढ़िसके



Spread the love

झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाडौंमै फर्काएर अवतरण गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । हाल कुन किसिमको समस्या हो भन्ने प्राविधिकहरुले अध्ययन गरिरहेको बताइएको छ ।

अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।