निर्दोष फस्दैन दोषी उम्किंदैन : गृहमन्त्री

 ललिता निवास     २०८०, २५ असार सोमबार ०९:३५     78 जनाले पढ़िसके



Spread the love

नक्कली शरणार्थी प्रकरण तथा ललिता निवासको जग्गा हिनामिनामा संलग्नविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेका बेला उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दाेष व्यक्तिलाई नडराउन आग्रह गरेका छन्।

तर दोषी र अपराधीलाई कुनै हालतमा छुट नदिइने प्रतिबद्धता पनि गृहमन्त्री श्रेष्ठले जनाएका छन्। साथै कानुन धनी र गरिबका लागि बेग्लाबेग्लै नहुने चेतावनी पनि उनले दिएका छन्।

‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन’, गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘दोषी र अपराधीलाई भने छुट हुनेछैन।’

उनले अगाडि लेखेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौँ।’