तीन दलका शीर्ष नेताहरूको बैठक जारी

 प्रधानमन्त्री     २०८०, २४ असार आईतवार १२:१८     96 जनाले पढ़िसके



Spread the love

काठमाडौं । संघीय संसद्का दुवै सदनको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संसद्को जारी अवरोध हटाउने विषयमा सहमति जुटाउने प्रयासका लागि बैठक बसेको सचिवालयले जनाएको छ ।