सभामुख सहित तीन दलका शीर्ष नेताहरूबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति

 #प्रतिनिधी सभा वैठक     २०८०, १९ असार मंगलवार १४:१४     110 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिएका छन् । वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो ।

तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् । यस्तै, बैठकमा राजनीतिमा देखिएको अराजकतालाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्छ भन्नेमा तीन दलका शीर्ष नेताहरू सहमत रहेको उनको भनाइ छ।
यसैबीच सभामुख देवराज घिमिरेले अब आफूलाई संसदीय समितिको सभापति चयन गर्ने बाटो खुलेको बताए । तीन दलका शीर्ष नेताहरूसँग छलफलपछि उनले सभापति चयन गर्दा भएसम्म समझदारी नभए निर्वाचनबाट गर्ने बताए।