बजेटका पूरक विधेयकहरू आज पारित हुँदै

 #प्रतिनिधी सभा वैठक     २०८०, १७ असार आईतवार १२:२४     89 जनाले पढ़िसके



Spread the love

प्रतिनिधि सभाबाट बजेटका पूरक विधेयकहरू आज (आइतवार) पारित हुँदै छन् ।

आज बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गर्ने कार्यसूची छ । त्यसअघि विधेयकमा परेका संशोधनलाई निर्णयार्थ पेश गरिने छ ।

बजेटको मुख्य विधेयक विनियोजन विधेयक भने असार १३ गते नै पारित भइसकेको छ ।

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभाबाट समेत पारित भएपछि बजेट कार्यान्वयनमा जानेछ ।

साउन १ गतेदेखि लागू हुने आर्थिक वर्ष २०८०/०८१ को बजेट जेठ १५ गते संसदमा पेश गरिएको थियो ।