काठमाठौँ । श्री एयरको विमान धनगढी पुगेर प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौंमै फर्काएर आकस्मिक अवतरण गराइएको छ ।
आज दिउँसो साढे तीन बजे काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरको २२५ उडान नम्बरको विमानमा अचानक समस्या देखिएपछि पुनः काठमाडौँ नै फर्काइएको हो । विमानको इन्जिनमा समस्या देखिएपछि काठमाडौँ फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको हो ।
विमानस्थल स्रोतका अनुसार विमानको हाइड्रोलिक फेल भएपछि काठमाडौँमै फर्काएर सकुशल अवतरण गराइएको हो । विमानमा सवार यात्रुहरु पनि सकुशल रहेको बताइएको छ । इमरजेन्सी अवतरण गराइएको उक्त विमान त्रिभुवन विमानस्थलको ट्याक्सी वेमा अड्किएको र केहीबेरमै त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ ।
यात्रुहरुलाई भने अर्को विमानमार्फत धनगढी पठाउने तयारी रहेको जनाइएको छ ।