ठगीको कसुरमा पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

 #अपराध     २०८०, १५ असार शुक्रबार १७:४०     107 जनाले पढ़िसके



Spread the love

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौनियारलाई शुक्रबार पक्राउ गरेको हो।

बाँके जिल्ला अदालतको पक्राउ पुर्जीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता थियो।