सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन आरोपितलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि तीन आरोपितलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
आफूहरूलाई गैरकानूनी तरिकाले हिरासतमा राखिएको भन्दै मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि काठमाडौं जिल्ला अदालतले उनीहरूसहित ४ जनालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बुधबार ७ दिनको समय दिएको थियो ।
पक्राउ परेका अन्य ३ जना सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेका थिए। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो ।