विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्री,माओवादी र कांग्रेसले कार्कीलाई विश्वासको मत नदिने, जसपा तटस्थ बस्ने

 कोशी प्रदेश     २०८०, १४ असार बिहीबार १४:४८     124 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् भने जनता समाजवादी पार्टीको संसदीय दलको वैठकले भने तट्स्थ बस्ने निर्णय गरेको छ।

दुवै पार्टीको संसदीय दलको छुट्टाछुट्टै औपचारिक बैठकले कार्कीलाई मत नदिने निर्णय गरेका हुन्।

कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिनु अघि मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी लगायतदलका संसदीय दलका नेताहरूलाई पत्राचार गरेर विश्वासको मत मागेका थिए।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आज १ बजेलाई बोलाइएको भए पनि बैठक अझै सुरु हुन सकेको छैन्।