आज प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्रीले

 #प्रतिनिधी सभा वैठक     २०८०, १३ असार बुधबार ११:२०     98 जनाले पढ़िसके



Spread the love

काठमाडौँ- प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बोलाइएको छ ।

बुधवारको को बैठकमा बिनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा बिनियोजन (बजेट) बिधेयक २०८० माथी उठेका प्रश्रको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, उपराष्टपतिको कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ ।

मंगलबारको बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।