सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

 महानगर     २०८०, १२ असार मंगलवार १८:१३     107 जनाले पढ़िसके



Spread the love

काठमाडौं : अदालतको अवहेलना गरेको विषयमा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शाहसँग लिखित जवाफ माग्ने आदेश गरेको हो। यो आदेशसँगै मेयर बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

मेयर शाहले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने आफ्नो निर्णयविरुद्ध उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि सामाजिक संजालमा ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’ लेखेका थिए।

त्यसपछि अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले निवेदन दिएकी थिइन्।